आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जबरजस्ती करणीको आरोपमा कृष्णपुर नगरपालिका वाट ३० वर्षीय छोरा पक्राउ परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । अपराध लुकाउन नसकेर प्रहरी समक्ष आएको भन्दै वृद्ध आमाले छोरा विरुद्ध मुद्दा दायर गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले छोरा विरुद्ध आमाले दिएका जवरजस्तीे करणी उद्योगको मुद्दा दर्ता भएको बताउनु भएको छ ।
श्रीमती सहित छोराछोरी लगेर भारतमा रोजगारी गर्दै आएका यी पुरुष कोरोनाको कारण भएको बन्दाबन्दीको समयमा घर आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्