तपाईँ सुन्दै हुनुहुन्छः

बीपी प्रतिष्ठानमा २ जना कोरोना सङ्क्रमितकोे मृत्यु

सुनसरी । प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पताल धरानमा आज २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेशक सापकोटाका अनुसार उपचाररत सप्तरीको राजविराजका ५५ वर्षीय पुरुष रहेका यसै गरी अर्को ५० वर्षीय पुरुष राजगढ गाउँपालिका का रहेको प्रवक्ता सापकोटाले बताए ।

मृतक मधुमेह र उच्चा रक्तचापको बिरामी थिए । उनको आज दिउसो मृत्यु भएको बताइएको छ । यसै गरी अर्का ५० वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मृतक दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button