मुख्यमन्त्री भट्ट अछामको बाढी प्रभावित क्षेत्रमा
अछाम । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट सहितको टोलिले अछामको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।
मुख्यमन्त्री नेतृत्वको टोलि भाद्र २ गते राति अविरल वर्षा संगै कैलाश खोलामा आएको बाढीले बगाएर अछामको रामारोशन गाउँपालिकामा भएको मानविय तथा भौतिक क्षतिको अवस्था बुझ्न बाढी प्रभावित क्षेत्रमा पुगेको हो ।
नेपाली सेनाको एनए–०५६ हेलिकप्टर मार्फत अछाम पुग्नुभएका मुख्यमन्त्री भट्टले बाढी प्रभावित क्षेत्रको अवस्था एकदमै दयनीय भएको बताउनु भएको छ । उहाँले अनुगमनका लागि जान पनि निकै कठिन समस्या भएको बताउनु भयो ।
ूमानविय तथा भौतिक पीडा खेपिरहेका यहाँका जनताले अहिले पनि ठुलो सास्ती खेपिरहेका छन, यो ठुलो पिडा होू मुख्य मन्त्री भट्ट ले भन्नुभयो ( ूस्थानीय, प्रदेश र संघीय सरकारको क्षमताले भ्याए अनुसारको काम हामी गर्छौँ ।ू उहाँले प्रदेश सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउनुभयो ।
प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकबाट मृतकका परिवारलाई १ लाख र तत्कालका लागि आवश्यक व्यवस्थापनमा लाग्ने र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि १ करोड बजेट स्वीकृत गरेको मुख्यमन्त्री भट्टले बताउनु भयो ।
यस्तै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बाढी तथा पहिरो पिडित परिवारका लागि प्रदेश र संघीय सरकारबाट राहत प्रदान गरिने र बढी क्षति भएको क्षेत्रमा गुरु योजना बनाईने समेत बताउनु भयो । निरिक्षणमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट , आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, प्रदेश सांसद तथा पूर्व मन्त्री दीर्घ सोडारी, अक्कल रावल समेत रहेका थिए ।
यो संगै टोलिले अछामको साँफेबगर नगरपालिकामा बाढी तथा पहिरोले पुर्याएको क्षतिको निरीक्षण समेत गरेको छ । यसै क्रममा बाढीले साफेबगर नगरपालिकामा पुर्याएको क्षतिको विवरण सहित नगर उपप्रमुख बिरमला बुढथापाले मुख्य मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । यस्तै बाजुराका पनि विभिन्न क्षेत्रमा बाढि तथा पहिरोले पुर्याएको क्षतिको समेत निरीक्षण गरेको छ ।
भदौ २ गते राति अछामको रामारोशन ५ मा रहेको सैनिबजार बगाउँदा १७ जना बेपत्ता भएकोमा ८ जनाको शब प्राप्त भएको र अझै ९ जना हराईरहेका छन् । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बोलेरो जीप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्