कर्तव्य ज्यान मुद्धामा संलग्न छ जना पक्राउ
अछाम । कर्तव्य ज्यान मुद्धामा संलग्न छ जनालाई अछाम प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ । भदौ १६ गते राती मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाँउ बस्ने मान बहादुर भण्डारीको छोरा बर्ष २४ को सन्तोष भण्डारीलाई कुटपिट गरि उपचारको क्रममा ज्यान गएपछि कुटपिटमा संलग्न कमलबजार नगरपालिका वडा नम्बर ६ का ६ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको अन्य फरार रहेका व्यक्तिहरुको खोजतलास कार्य भईरहेको प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाज बस्ने बम ब। शाहीको छोरा बर्ष १९ को खेमराज शाही, विरपथका नेत्र बहादुर शाहीको छोरा बर्ष २० को भुपेन्द्र शाही, सोही ठाउँका डबल बहादुर शाहीको छोरा बर्ष २० को बिनोद बहादुर शाही, हात्तीबाज बस्ने छत्र शाहीको छोरा बर्ष २१ को अक्कल शाही, ईन्द्र बहादुर शाहीको छोरा बर्ष १९ को बिनोद शाही र तुल बहादुर शाहीको छोरा बर्ष २५ को रमेश शाही रहेका छन् । उनीहरुलाई भदौ १७ गते पक्राउ गरेको र घटनामा संलग्न अन्य केही फरार ब्यक्तिको खोजिकार्य भैरहेको र अनुसन्धान समेत जारी रहेको प्रहरीले जनाएको छ ।
१६ गते राती कालागाउँको खानडाँडा भन्ने स्थानमा कमलबजार नपा ६ हात्तीबाज बस्ने भुपेन्द्र शाही लगायत ७र८ जना व्यक्तिहरुको समुहले सामान्य विवाद भई कुटपिट गरी घाईते बनाएको र घाईतेको हिजो ज्यान गएको प्रहरीले जनाएको छ ।
गम्भीर घाईते सन्तोषलाई थप उपचारको लागि हिजो हेलिकप्टरबाट उद्धार गरि बाहिर लिने प्रयास भए पनि हेलिकप्टर अछाम पुग्ने बित्तिकै उनको ज्यान गएको थियो । पछि हेलिकप्टर रित्तै फिर्ता भएको थियो । गत बर्षमात्रै विवाह गरेका २४ बर्षका सन्तोषको कुटपिटबाट मृत्यु भए पछि घरपरिवार र गाउँबासी गहिरो शोकमा परेका छन ।








प्रतिक्रिया राख्नुहोस्