भरतपुर अस्पतालमा संक्रमितको उपचारको लागि सय शैया थप
चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि एक सय शैया थप गरिएको छ । संक्रमितको चाप बढ्दै गएपछि उक्त संख्यामा शैया थप गरिएको हो ।
अस्पतालका निमित्त मेसु जगन्नाथ तिवारीले अस्पतालमा रहेको सर्जिकल वार्डलाई सारेर आइसोलेसन कक्ष थप गरिएको जानकारी दिनुभयो । ‘अहिले ७५ बेडको आइसोलेसन कक्ष छ, उहांँले भन्नुभयो, तर बिरामी ८१ जना छन । ’आइतबार देखि सञ्चालनमा ल्याउने गरी स्वास्थ्य सुरक्षा सामाग्री, बेड तथा जनशक्ति व्यवस्थापन गरिरहेको डा तिवारीले बताउनु भयो । । नयाँ शैया थपिएसंगै कोरोना संक्रमितका लागि कुल १७५ बेड पुगेका छन । ८१ जना सक्रिय संक्रमित मध्ये १० जना आइसीयुमा, एक जना भेन्टिलेटरमा र बांँकी अन्य आइसोलेसनमा कक्षमा उपचार भइरहेको उहांँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्