युवकले झुन्डिएर आत्महत्या गरे

रामेछाप । मन्थली बजारमा बुधवार राती एक जना १७ वर्षीय युवाले झुन्डिएर आत्महत्या गरेका छन् । लिखु तामाकोसी गाउँपालिका वडा नं ७ घर भई मन्थली बजारमा डेरा गर्दै आएका उमेश बुढाथोकीले आफू बस्दै आएको कोठाको सिलिङमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मन्थलीले जानकारी गराएको छ ।
सानीमदौ स्थित पोलीटेक्नीकल कलेजमा अध्ययनरत बुढाथोकीको मृत्युको मुख्य कारण थाहा भई नसकेको भए पनि उनले छाडेको सुसाईट नोट फेला परेकोले आत्महत्याको कारण चाँडै नै पत्ता लाग्ने अनुमान प्रहरीले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्