तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापमा भदौ २५ सम्मका लागि निषेधाज्ञा थप


रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जारी निषेधाज्ञा आगामी २५ गते सम्मका लागि थप गर्नै निर्णय गरेको छ । आज बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले देशव्यापी रूपमा व्यापक रूपमा फैलिएको कोभिड —१९ को सङ्क्रमणबाट सर्वसाधारणलाई सुरक्षित राख्ने वातावरण सृजना गर्न जारी निषेधाज्ञालाई आगामी एक हप्ताका लागि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले चालु निषेधाज्ञालाई भदौ १३ गते बाट १८ गते बिहीबार राति १२ बजे सम्मका लागि पु्र्याएकोमा बिहीबार भदौ १८ मा बसेको बैठकले जिल्ला र देशभर फैलँदो अत्यधिक सङ्क्रमणको अवस्थालाई मध्यनजर गरी थप एक हप्ताका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । सो समयमा मन्थली र सबै पालिकाहरूमा रहेका बजार भने बिहान ५ बजेदेखि दिउँसो १ बजे सम्म खोल्ने सहमति भएको छ । साना तथा ठुला व्यापारी देखि सर्वसाधारण नागरिकको अवस्था सम्मलाई ध्यानमा राखी ११ बजेको समयलाई बढाएर १ बजे सम्म पुर्‍याइएको पनि प्रशासनले जानकारी गराएको छ ।

त्यसैगरि बैठकले नेपाल सरकार मन्त्रीपरिषद्को भदो १४ गतेको निर्णय अनुसार कोरोनाको बढ्दो सङ्क्रमणबाट जोगिन प्रदेश र स्थानीय सरकारले समन्वयात्मक तरिकाले सङ्कट जोखिम विश्लेषणका आधारमा स्थानीय तहमा आइसोलेसन बेड निर्माण गर्ने र प्रदेश सरकारबाट बजेट प्राप्त हुन नसकेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउने निर्णय समेत भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button