१० दिनपछि खुले बिर्तामोडका दुई वटा बजार

भद्रपुर, झापा । कोरोना सङ्क्रमणका कारण १० दिनदेखि बन्द रहेका बिर्तामोडका दुई वटा बजार आज बिहीबारदेखि खुलेका छन् । बन्द रहेका रत्न र प्रसाई सुपर मार्केट सेनिटाइज गरेर खोलिएका हुन् ।
नगरपालिका र प्रहरीसँगको समन्वयमा बजार खोलिएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।
रत्न सुपर मार्केटका व्यवसायीको परिवारका दुई जना महिला सदस्यमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले ती दुई वटा बजार सिल गरी दुई सय जना व्यवसायीको कोरोना परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा थप चार जना व्यवसायी र एक जना एनआइसी एसिया बैकका कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्