तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवा भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजश्व असुली

भैरहवा । प्रदेश ५ को भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वषको पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ ।

कार्यालयले विषम परिस्थितिमा पनि सेवा जारी राख्दै लक्ष्यभन्दा ४७ लाख बढी राजश्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पूण्यप्रसाद लम्सालले जानकारी दिनुभयो ।

सिमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथले चोरी पैठारी रोकिनु, अन्य नाकाका वस्तु पनि बेलहिया नाकाबाट आउनु, नियन्त्रण र निगरानी बढ्नुले भन्सारको लक्ष्य पुर्याउन सहयोग पुगेको भैरहवा भन्सार कार्यालयले जनाएको रुपन्देहीबाट सम्बाददाता रामप्रसाद आचार्यले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले देशका अन्य सबै नाका बन्द गरी हाल भैरहवासहित १० वटा नाका मात्र खोलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button