तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज (मंगलबार) विहान २ः५२ बजेको समयमा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार आइतबार अस्पतालमा भर्ना भएका उनको सोमबार कोरोना पुष्टि भएको थियो । ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि सघन कक्ष (आइसीयू) मा भेन्टिलेटरमा राखेर उपचार गरिएको डा लम्सालले बताउनु भयो । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने मकवानपुरका मात्रै चार जना पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button