उपत्यकामा थप दुई सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप दुई सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा काठमाडौँमा एक सय ९० जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जना गरी आज उपत्यकामा थप दुई सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्