अवैध घरेलु मदिरा भट्टी नष्ट
बारा । बारा प्रहरीले बारागढी गाउँपालिकाबाट एक हजार पाँच सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय बारागढी र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले एक हजार पाँच सय लिटर घरेलु मदिरा नष्ट गरेको हो ।
बारागढी गाउँपालिका वडा नं.२ विशुनपुर्वा र दौर्वा टोल स्थितमा अवैध घरेलु मदिरा उत्पादन भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने पाँचवटा भट्टी भत्काई उक्त परिमाणको अर्धतयारी मदिरा नष्ट गरेको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्