कृषि विकास रणनीति एडिएसको परिमार्जनका लागि छलफल शुरु
काठमाडौं । सरकारले २० वर्षे कृषि विकास रणनीति एडिएसको परिमार्जनका लागि छलफल शुरु गरेको छ ।
मुलुक संघीय संरचनामा गए लगतै रणनीतिमा ३ वटै सरकारहरुको अपनत्व हुने गरी परिमार्जन गर्ने व्यवस्था रहेकोले रणनीतिको परिमार्जनका लागि छलफल अघि बढाएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
मुलुकको समग्र कृषि विकासका लागि सरकारले दाताहरुको सहयोगमा तयार पारेको २० बर्षे कर्षि विकास रणनीति सन् २०१५ बाट कार्यान्वयन भै सन २०३५ सम्म सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।
रणनीति अन्र्तगत दूई थरी कार्यक्रमहरु रहेका छन् । एकथरी कार्यक्रमहरु नियमित प्रकारका रहेका छन् भने अर्कोथरी खास महत्वका कार्यक्रमहरु रहेका छन् ।
रणनीतिले खास महत्वका ४ कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएको थियो । त्यस मध्ये मुल्य श्रृंखलाको निर्माण, खाद्य सुरक्षाको अभिवृद्धि, विकेन्द्रिकृत कृषि शिक्षा र अनुसन्धान, नवप्रर्वतन तथा उद्यमशिलता कार्यक्रम रहेका छन् ।
रणनीतिले लिएका लक्ष्यहरुको कार्यान्वयनको क्रममा विगत ५ वर्षमा विभिन्न १६ सूचकहरु मध्येका ८ वटा सूचक सकारात्मक र आठ सूचकहरुको अवस्था कमजोर रहेको समीक्षाको क्रममा देखिएको मन्त्रालयको रणनीति हेर्ने शाखा प्रमुख उपसचिव सुजन ढुंगेलले जानकारी दिनुभयो ।
यस अवधमिा कृषि क्षेत्रको व्यापार घाटा शुन्यमा झार्ने भनिएकोमा पुरा हुन नसकेको, महिलाको नाममा जमिनको स्वामित्व २० प्रतिशत पुर्याउने भनिएकोमा लक्ष्य करिब पुरा भएको पनि ढुंगेलले जानकारी दिनुभयो । रणनीतिले अघि सारेका लक्ष्य मध्ये विभिन्न नीतिहरु अन्र्तगत खाद्यसम्प्रभुता तथा खाद्य अधिकार सम्बन्धी ऐन, खाद्य स्वच्छता नीति, भूउपयोग ऐन तथा नीति समेत तयार भैसकेको पनि मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्