तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दरीजल विद्युत गृहलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिने 

काठमाडौं । वागमती प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति विद्युतगृह र सुन्दरीजल विद्युत गृहलाई पूर्वाधार संग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ ।

वि.सं १९६८ मा निर्माण गरिएको नेपालकै पहिलो जलविद्युत आयोजना चन्द्रज्योति विद्युत गृह, वि.सं १९७८ मा निर्माण गरिएको सुन्दरीजल विद्युत गृह र चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्ने भएकाले अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लागिएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दनुभयो ।

यी तीनैवटा सम्पदाको विकास एवं संरक्षणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड २० लाख बजेट विनियोजना गरेको मन्त्री फुयालले जानकारी दिनुभयो ।

दक्षिण एसियाकै मानव निर्मित यातायात प्रयोजनको पहिलो चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल ईन्जिनियर डिल्ली जङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button