कोरोना सङ्क्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा आइतबार कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार कोभिड पोजेटिभ भई आइतबार बिहान अस्पतालमा भर्ना भएका पुरुषको मृत्यु भएको हो ।
उनमा ज्वरो, दिर्घ रोग, मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको र अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उपचाररत रहेको डा. गौतमले जानकारी दिनुभयो ।
योसँगै रुपन्देहीमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्