तपाईँ सुन्दै हुनुहुन्छः

जन्मदिनमा गरिने फजुल खर्च असाध्य बिरामीलाई सहयोग

भद्रपुर, झापा । झापा भद्रपुरका दुई युवाले आफ्नो जन्मदिनमा उपचार खर्च जुटाउन समस्या भइरहेका असाध्य रोगीहरूलाई सहयोग गरेका छन् ।

भद्रपुर जेसीजका वर्ष २०१९ का अध्यक्ष अनुज खतिवडा र भद्रपुर जेसीजकै वर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश लुइँटेलले अस्पतालले म्यानेन्जाइटिस पुष्टि गरेका ९ वर्षीय गजेन्द्र थापा, क्यान्सर पीडित मानबहादुर राउतलगायत अन्य चार जनालाई आर्थिक सहयोग गरेका हुन् ।

झापा कनकाई नगरपालिका निवासी नाबालक गजेन्द्रलाई दैनिक ४–५ हजारको औषधि खानुपर्ने भएपछि अत्यन्त विपन्न परिवारका उनलाई उपचारमा समस्या भएको थियो ।

भद्रपुर १० निवासी क्यान्सरपीडित राउत गित अढाई वर्षदेखि यो रोगसँग लडिरहेका छन् । उनीसँग अब उपचार गर्ने आर्थिक सामर्थ्य छैन ।

जेसी खतिवडा र लुइँटेलको एकै दिन जन्मदिन परेकोले दुवै जनाले संयुक्त रूपमा विपन्न अवस्थाका रोगीहरूलाई आर्थिक सहयोग गरेको भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेलले जानकारी दिनुभयो ।

उहाँले खतिवडा र लुइँटेलको यो सत्कार्यले अरूलाई पनि आफ्नो जन्मदिन यसरी नै मनाउन प्रेरित गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button