तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी हबलदारको उपचारका क्रममा मृत्यु

सुनसरी । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका प्रहरी हवलदारको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलानका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर मृत्यु भएको हो ।

कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिवार बिहान उनले चलाएको को१प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

सुनसरी प्रहरी प्रमुखका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराट नर्सिङ होम ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button