तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा आइतबारदेखि एक हप्ता लकडाउन गर्ने निर्णय 

तुलसीपुर । आइतबार देखि लागु हुने गरी दाङमा लकडाउन गरिएको छ । घोराहीमा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले आइतबार राती १२ बजेदेखि २१ गतेसम्म लागु हुने गरी बन्द गरेको दाङका प्रहरी प्रमुख गणेस चन्दले जानकारी दिनुभयो ।

यसका पटकको लकडाउनमा अतिआवश्यक भनिएका खाद्यन्न, तरकारी लगायतका पसलहरु खुल्न नपाउने समेत बैठकले निर्णय गरेको प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो ।

बैठक समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा बसेको बैठकमा दाङका १० वटै पालिका, सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button