तपाईँ सुन्दै हुनुहुन्छः

गौशाला नगरपालिकाको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय

बर्दिवास । महोत्तरीको गौशाला नगरपालिकाले स्वास्थ्य संस्था र स्वास्थ्यशाखाबाट प्रदान गर्ने सेवाहरु बाहेक नगरपालिका र वडा कार्यालयबाट प्रदान गर्न सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोद्वारा शुक्रवार जारी विज्ञप्तीमा कोरोना भाईरसको संक्रमण तिब्रताका साथ पैmलिदै गएको जोखिम अवस्थालाई मध्यनजर गर्दै अगामी भदौ १९ गतेसम्मका लागि स्वास्थ्य सेवाबाहेक नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ ।

यसअघि नगरपालिकाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत साउन २५ गतेदेखि नगरभित्र घोषणा गरेको बन्दाबन्दी (लकडाउन) अगामी भदौं १५ गते राती ११ बजेसम्म रहने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button