तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाहिरी क्षेत्रमा खटिनेमा कोरोना संक्रमण बढी

धनगढी । कैलालीमा बैङ्कका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षिका र सुरक्षाकर्मी गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेको कैलालीमा पछिल्लो समय बाहिरी क्षेत्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायतमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा धनगढी र अत्तरिया क्षेत्रका सरकारी तथा निजी बैङ्कमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसै गरी ५ जना सुरक्षाकर्मी, ४ जना शिक्षिका (निजी विद्यालय) र एक जना प्रिन्सिपलमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

यसैबिच कैलालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ८० पुगेको जनस्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button