क्वारेनटाइनमा डिगनिटी किट र झुल वितरण

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनहरुमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले महिलाहरूलाई डिगनिटी किट र झुल वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको साझेदारीमा सामुदायिक शसक्तिकरणका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रममार्फत बाँके जिल्ला शाखामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रमद्वारा उक्त सहयोग गरिएको हो ।
बैजनाथ गाउँपालिकाद्वारा सूर्योदय मा.वि. चिसापानी र जनता आदर्श मा.वि.डिगियामा सञ्चालित क्वारेनटाइनमा रहेका महिलाहरूलाई डिगनिटी किट र पुरुषलाई झुल वितरण गरिएको छ ।
साथै कार्यक्रममा कोभिड–१९ संक्रमण रोकथाम, मलेरिया, डेंगु, परिवार नियोजन, झाडापखाला र एच.आइ.भी. एड्सको बारेमा अभिमुखीकरण समेत गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्