तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित तीन जना पक्राउ

बर्दिबास । महोत्तरी प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको मनरा सिस्वा नगरपालिका–१ मा जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मनराकट्टीबाट खटिएको संयुक्त प्रहरी टोली ठुलो मात्रामा लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार ज७प ४३५६ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा ठुलो मात्रा लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको व्यक्तिसँग सोधपुछ गर्दा लागु औषध उपलब्ध गराउने अर्का एक जना भएको बताएपछि उनलाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरू सम्सी गाउँपालिका–५ पोखरभिण्डाका अनिल महतो, सोही ठाउँका अजय कुमार महतो र वीरेन्द्र यादव रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक्सिप्लोन सिरप सय एमएलको दुई सय बोतल, नाइट्राभेट १० लेखिएको ट्याब्लेट ६ सय पिस बरामद गरेको छ ।
लकडाउन अवधिमा महोत्तरीमा लागु औषध तस्करहरू बढी सक्रिय भएको देखिएपछि प्रहरीले सोहीअनुरूप चेक जाँच बढाएको प्रहरी प्रवक्ता विष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button