तपाईँ सुन्दै हुनुहुन्छः

सेती प्रादेशिक अस्पतालबाट १९ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

धनगढी  –  कैलालीको सेती प्रादेशिक अस्पतालकाे आइसोलेसनबाट १९ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो परिक्षण रिपोर्ट नेगेटिभ आएका, स्वास्थ्य अवस्थामा सामान्य भएका तथा कुनै लक्षण नदेखिएका सङ्क्रमितलाई डिस्चार्ज गरिएको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

यसैबिच कैलालीमा ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । बुधवार डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

योसँगै कैलालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक  हजार ५ सय ६८ पुगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button