मोटरसाईकल र पिकअप ठोक्किँदा एक जनाको मृत्यु
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ९ पिडारी चौकमा पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा आज एकजनाको मृत्यु हुनुका साथै एक जना घाईते भएका छन् ।
मृत्यू हुनेमा धनुषाको मिथिला विहारी नगरपालिका वडा नंं ४ का ३० वर्षीय कलाम नदाफ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिईएको जानकारी अनुसार मृतक युवकले चलाएको प्रदेश २–०३–००१ २२७५ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको पिकअप भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएका थियो ।
मोटरसाइकलको पछाडी बसेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं ५ का वर्षीय २५ अजाबुल राइन घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको छ ।
मोटरसाइकलमा ठोकिएको ज. १ च. २३१८ नम्बरको पिकअप भ्यान प्रहरीको नियन्त्रणमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्