तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टाबाट कृषिवस्तुको निर्यातमा वृद्धि

झापा । नेपालको पूर्वी नाकाबाट कृषिवस्तुको निर्यातमा वृद्धि भएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार गत वर्ष काँकरभिट्टा नाका भएर ५ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका कृषिजन्य वस्तुको निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यो ४१ करोेड रुपैयाँले बढीे रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

कृषिवस्तु निर्यातमा अलैंचीको योगदान ५० प्रतिशतभन्दा बढी रहेको संवाददाता रोहित काफ्लेले जनाएका छन् ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख हर्षहाङ राईका अनुसार ३ अर्ब ८२ करोड रुपैयाँ मुल्य बराबरको अलैंची निर्यात भएको हो भने बन्दा, मुसुरो दाल, चिया, अदुवा, जस्ता कृषि वस्तु भारत, बंगलादेश लगायत तेस्रो मुलुक निर्यात भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button