तपाईँ सुन्दै हुनुहुन्छः

किशोरी बलात्कारको आरोपमा दुई युवा पक्राउ

रोहित काफ्ले, झापा । झापाको अर्जुनधारामा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दा रहेका छन् । उनीहरु सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पूलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा बलात्कार गरेको बताइएको छ ।

टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।

किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button