खेलाडी कुटपिट गर्नेलाई कारबाही गर्न माग
काठमाडौं । नेपाल एथलेटिक्स सङ्घले एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।
सङ्घका अध्यक्ष राजीव विक्रम शाहले बुधवार एक विज्ञप्ति जारी गदै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदक जित्न सफल झापा निवासी कीर्तिमानी खेलाडी लामगादेमाथि भएको कुटपिटको घटनाले दुःखी तुल्याएको भन्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
अध्यक्ष शाहले नेपाल एथलेटिक्स सङ्घका तर्फबाट लामगादेको उपचारका लागि २१ हजार रुपैयाँ उपलब्ध गराउने पनि बताउनु भएको छ ।
यस्तै खेलाडी लामगादेमाथि भएको कुटपिटमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर छानबिन थालिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्