तपाईँ सुन्दै हुनुहुन्छः

बझाङको सुर्मा तालको संरक्षण

बझाङ । बझाङको धार्मिक तथा पर्यटकियस्थल सुर्मा गाउँपालिकामा रहेको सुर्मा तालको संरक्षण र सम्वद्र्धन गरिन थालेको छ ।

जिल्लाको सबैभन्दा ठुलो र धार्मिक महत्त्वको यो ताल यस अगाडि बेवारिसे जस्तो भए पनि अहिले यहाँको स्थानियतहले तालको संरक्षण र सम्वद्र्धन गर्ने थालिएको हो ।

सुर्मा सरोवर हिमालबाट पानी निस्किएर ताल भएको मान्यता रहेको यस तालको अहिले वरिपरि दिवाल लगाएर बिचमा मन्दिर निमार्ण गरिने भएको गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको रूपमा रहेको सुर्मा ताल बेवारिसे जस्तै थियो अहिले स्थानीय सरकार सञ्चालनमा आएपछि यसको संरक्षणसहित सुधार गर्न थालेका छौ ।”

यहाँ साउनको महिना पुजाआजा हुने गर्दछ । भगवान् देवी सुर्मा र दुर्गाको वास रहेको मानिने सुर्मा क्षेत्रमा विभिन्न धार्मिक स्थल र पर्यटकीयस्थलहरु रहेका छन् ।

जिल्लाका अन्य स्थानीय तहले पनि अहिले स्थानीय क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीयस्थलहरुको संरक्षण सम्वद्र्धन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button