तपाईँ सुन्दै हुनुहुन्छः

२० जना सेनासहित लमजुङमा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि

लमजुङ । लमजुङमा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार लमजुङमा कार्यरत २० जना नेपाली सेनासहित २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार कनट्र्याक्ट ट्रेसिङको आधारमा स्वाब सङ्कलन गरी पठाइएका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार कोरोना सङ्क्रमित हुनेमा सुन्दर बजार नगरपालिका–९ सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यावसायिक तालिम केन्द्रमा कार्यरत ३७ वर्षीय, ३७ वर्षीय, २७ वर्षीय, २७ वर्षीय, ३१ वर्षीय, ३४ वर्षीय, ३९ वर्षीय, ३६ वर्षीय, ३८ वर्षीय, ३७ वर्षीय, ३७ वर्षीय, ३८ वर्षीय, ३८ वर्षीय, ३८ वर्षीय, ३८ वर्षीय, ३८ वर्षीय, ३९ वर्षीय, ३९ वर्षीय, ३३ वर्षीय र ४० वर्षीय पुरुष गरी २० जना रहेका छन् ।

त्यस्तै कनट्र्याक्ट टे«सिङको आधारमा स्वाब सङ्कलन गरी गण्डकी प्रदेश प्रयोगशाला पठाइएको बेंसीसहरस्थित ग्लोबल आईएमई बैङ्कमा कार्यरत बेंसीसहर नगरपालिका–८ का ३२ वर्षीय र २५ वर्षीय पुरुष रहेका छन् भने बेंसीसहर–७ का ५१ वर्षीय पुरुष रहेका छन् ।

उनीहरूलाई नमुना सामुदायिक अस्पताल सुन्दर बजार, सहरी विकास कार्यालयको भवन सहजी स्थित आइसोलेसनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि शनिवार नेपाली सेनाको कृषि तथा व्यावसायिक तालिम केन्द्र सिउँडीबारमा कार्यरत घर बिदामा बागलुङ गएका २९ बर्षीया सैनिक जवानमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका सेनाको पनि कनट्र्याक्ट टे«सिङ गरिएको थियो ।

एक सैनिक जवानमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि कनट्र्याक्ट टे«सिङमा उनीसँग रहेका २५ जनाको थ्रोट स्वाब सङ्कलन गरी पोखरा पठाइएको र २० जनाको पोजेटिभ आएको हो । पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उहाँले श्रीजंग गण भने सुरक्षित रहेको बताउनुभयो ।

उहाँका अनुसार नेपाली सेनाले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न घर बिदामा गएका तथा विभिन्न कारणले जिल्ला बाहिर गएका सैनिकका लागि ब्यारेक भित्रै क्वारेनटाइन निर्माण गरी बस्ने व्यवस्था मिलाएको छ ।

क्वारेनटाइनमा बसेकालाई पीसीआर परीक्षण गर्नुका साथै १४ दिन क्वारेनटाइन बसाएर मात्रै ड्युटीमा खटाउने गरेको गणपति प्रमुख सेनानी थापाले बताउनुभयो ।

योसँगै लमजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ३९ पुगेको छ । जसमध्ये महिला नौ र पुरुष एक सय ३० जना रहेका छन् भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button