‘सामुहिक प्रयासबाट मात्रै कोरोनालाई परास्त गर्न सकिन्छ’
वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्रि लाल बाबु राउतले कोरोना संक्रमणको कारण प्रदेश २ मा ६६ जना भन्दा बढीको ज्यान गईसकेको अवस्थामा सामुहिक प्रयासबाट मात्रै कोरोना लाई परास्त गर्न सकिने बताउनुभएको छ ।
प्रदेश सरकारको आयोजनामा आज बाराको पथलैयामा आयोजीत कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागी बारा, पर्साका सम्बन्धित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्रि राउतले टेष्टिङ्गको दायरा बढाउन प्रदेश सरकारले आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागी यसअघि वीरगञ्ज, जनकपुर र राजबिराजमा पिसीआर मेशिन जडान गरी परिक्षणलाई तीव्रता दिएको बताउदै आजमात्रै रौतहटको गौरमा पिसीआर मेशिन जडान गरी सन्चालनमा आएको र बाँकी प्रदेशका थप ४ जिल्लामा चाँडै पिसीआर मेशिन जडान गरिने बताउनुभयो ।
उहाँले कोरोना संक्रमितको उपचारका लागी प्रदेश सरकारको तर्फबाट केही अस्पतालमा आवश्यक पर्ने भेन्टिलेटर खरीद प्रक्रियामा रहेको र भेन्टिलेटर सँगै आवश्यक सामाग्री अस्पताललाई उपलब्ध गराईने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
रेडियो नेपालसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्रि राउतले बिशेषग री बारा, पर्सामा कोरोना नियन्त्रण तथा रोकथामका लागी गरिएका कार्यहरुको समिक्षा तथा अब प्रदेश सरकारले अबलम्बन गर्नुपर्ने रणनितीका बारेमा अन्तरक्रिया कार्यक्रममा गहन छलफल भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिब अर्जुन प्रसाद पोख्रेल, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, बारा, पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरीका प्रदेश नम्बर २ का प्रमुखहरु, वीरगञ्ज महानगरपालीका, जितपुर सिमरा उपमहानगरपालीका, कलैया उपमाहानगरपालीकाका मेयरहरु लगायतको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्