सुनको मूल्य तोलामा ७०० रुपैयाँले कमी
काठमाडौं । केही दिनदेखि सुनको मूल्यमा आएको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । भदौ ९ गते, मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य त्यसयता ओरालो लागेको छ ।
अन्तराष्ट्रिय बजारमा भने मंगलबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ९३२ डलरमा किनबेच भइरहेको छ ।
यसैगरी चाँदी भने मंगलबार स्थिर रही सोमबार कै कारोबार मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्