तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम समूहको बीमादरमा छुट दिन निर्देशन

काठमाडौं । बीमा समितिले कोभिड १९ का कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको जोखिम समूहको बीमादरमा छुट दिन निर्देशन दिएको छ । सोमबार समितिले सबै निर्जिवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०७७।७८ को सरकारको बजेट अनुसार कोभिडका कारण बन्द भएका उद्योगहरुको बन्द रहेको अवधिको जोखिमको लागि एक तिहाई तथा जोखिम समुहको बीमा दरमा ५० प्रतिशत छुट गर्ने बजेटमा व्यवस्था भए अनुसारको छुट व्यवस्था गर्न निर्देशन दिइएको बीमासमितिले जनाएके छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button