फरक–फरक मुद्दामा फरार रहेका दुई जना पक्राउ

भद्रपुर, झापा । जिल्ला प्रहरी कार्यालय झापाले फरक–फरक मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
झापा प्रहरीले हातहतियार खरखजना मुद्दामा फरार रहेका झापा अर्जुनधारा नगरपालिका–६ का सुनिल मेचे र बैङ्किङ कसुर मुद्दामा फरार रहेका बाह्रदशी गाउँपालिका–३ का नरप्रसाद पनेरुलाई आइतबार पक्राउ गरेको हो ।
जिल्लाबाट खटिएको प्रहरी टोलीले मेचेलाई बिर्तामोडको पश्चिम बसस्टेण्ड क्षेत्रबाट पक्राउ गरिएको हो भने पनेरुलाई आफ्नै घरबाट पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
३८ वर्षीय मेचेविरुद्ध अवैध हातहतियारको मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरले २०७५ चैत ११ गते एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला सुनाएको थियो भने पनेरुविरुद्ध उच्च अदालत पाटनले २०७६ माघ २१ गते ४ दिन कैद र तीन लाख ३९ हजार सात सय रुपैयाँ जरिवाना तोकेको थियो ।








प्रतिक्रिया राख्नुहोस्