तपाईँ सुन्दै हुनुहुन्छः

उच्च शिक्षा अध्ययनका लागि नगरपालिकाको छात्रवृत्ति

मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाले एक जना दलित छात्रसहित तीन जना जेहेन्दार विद्यार्थीलाई डाक्टर अध्ययनको लागि आर्थिक सहयोग गर्दै आएको छ ।

छायानाथ रारा नगरपालिकाको छात्रवृत्ति सहयोग कार्यक्रम अन्तर्गत नगर वडा नं ५ ढुम गाउँका देवीकृष्ण बिक, वडा नं १ श्रीनगरकी कामना मल्ल र भारतमा डाक्टर अध्ययनरत वडा नं १ श्रीनगर कै समीक्षा मल्ललाई आर्थिक सहयोग गर्दै आएको हो ।

विकट हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्र कमजोर अवस्थामा रहेकाले त्यस्तो अवस्थाबाट माथि उठाउने उद्देश्यले आर्थिक वर्ष २०७४∕ ०७५ बाट छात्रवृत्ति कार्यक्रम ल्याएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताउनुभयो ।

उच्च शिक्षा पढ्न नसक्ने नगरपालिका भित्र रहेका विपन्न दलित , गरिब, पिछडिएका समुदायका विद्यार्थी छनोट गरी आर्थिक वर्ष २०७४/७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडी बढाइएको नगर प्रमुख शाहले बताउनुभयो ।

उहाँले दुई जनालाई बंगालादेश र एक जनालाई भारतमा डाक्टर र एक जनालाई चीनमा एरोटिक इन्जिनियर र अन्य १० जनालाई नेपालमा इन्जिनियर, सिएलगायतका राम्रो विषयमा छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।

उनीहरूको पढाई खर्चमा राहत स्वरूप पहिलो वर्ष २०७४/०७५ मा रु.आठ लाख रकम २०७५/०७६ रु.१० लाख र २०७६/७७ मा रु. नौ लाख रकम विनियोजित गरी वितरण गरिएको नगरपालिकाकाले जनाएको छ ।

छात्रवृत्ति कार्यक्रम गरिब जेहेन्दार दलित, एकल महिलालाई आधार मानी आव २०७७ ∕ ०७८ मा पनि निरन्तरता दिइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button