वीरगंज हेल्थकेयरबाट २ संक्रमित थुनुवा फरार
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका दुई जना कोरोना संक्रमित थुनुवा नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थकेयर अस्पताल गण्डकबाट भागेका छन् । गए राति २ बजे अस्पतालको दोश्रो तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरु फरार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्जको आदर्शनगरमा रहेको राणीसती धर्मशालामा निर्माण गरिएको सामुदायिक आईसोलेसन सेन्टरमा राखिएको थियो ।
थुनुवाहरुकोे स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा उपचारका लागी राखिएको र गएराति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । अस्पतालको डिलक्स क्याबिनमा बस्दै आएका थुनुवा संक्रमितहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताउनुभयो । फरार संक्रमितहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्