तपाईँ सुन्दै हुनुहुन्छः

अटबारी पर्वको अवसरमा सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा

टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ गते अर्थात् भोलि सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले २०७७ सालमा दिइने सार्वजनिक बिदाको सूचीमा थारु समुदायको ‘अटबारी पर्व’ पनि समावेश गरिएको छ ।

अट्वारीलाई थारु समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीहरु बीच माया, ममता सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button