तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक जनाको मृत्यु

भबिश्वर पाण्डे, कावासोती । नवलपरासी पूर्व नवलपुरको बौदिकालीमा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ ।

बौदिकाली गाउपालिका २ र ४ जोडने बौदि खोलाले बगाउदा बौदिकाली ४ बस्ने ५५ वर्षीय खिन बहादुर आलेको मृत्यु भएको हो ।

बिहिबार खोला तर्ने क्रममा बौदि खोलाले बगाएर बेपत्ता भएका आले आज दिउसो मृत अवस्थामा भेटिएका हुन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलुरका सूचना अधिकारी डिएसपी मोहन बहादुर खाँडले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button