तपाईँ सुन्दै हुनुहुन्छः

गढिमाईका मुख्य पुजारीको निधन

वीरगञ्ज । बलिका लागी बिश्व प्रसिद्ध बाराको गढीमाई मन्दिरका मूल पूजारी दुखन धामीको निधन भएको छ ।

बाराको महागढिमाई नगरपालीकामा रहेको गढीमाई मन्दिरका मूल पूजारी रौतहट गजरा नगरपालीका वडा नम्बर ३ सिमरीगाउँका ७६ वर्षीय दुखन धामीको मृत्यु भएको हो । दुई दिनदेखि झाडापखाला लागेका धामीको निजगढमा उपचार हुन नसकेपछि थप उपचारका लागी चितवनको भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक धामीको आजै सिमरी गाउँ छेउको नदी किनारमा अन्त्येष्टी गरिएको जनाईएको छ ।

गढीमाई मन्दिर बारामा भए पनि रौतहट गुजरा–३ सिम्रीगाउँका दुखन धामीका पूर्वजहरु नै गढिमाईका मूलपूजारी रहँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button