६ महिना देखि लेखा अधिकृत नहुदा समस्या
सिन्धुपाल्चोक– बाह्रविसे नगरपालिकामा बिगत लामो समयदेखि लेखा अधिकृत नहुँदा नगरपालिकाका दैनिक काममा समस्या भएको छ । नगरपालिकाकी लेखा अधिकृत सुनिता शर्मा २०७६ चैत १ देखि तिन महिनाको बिदामा घर गएको र अहिले सम्म नआएको बाह्रविसे नगरपालिकाका प्रमुुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।
प्रसुति बिदा भनेर घर गएपनि बिदा सकिदा पनि कार्यालयमा नआएको शेर्पाले जानकारी दिनुभयो ।वाग्लुङ घर भएकी लेखा अधिकृतलाई उहाँको नम्बरमा फोन गर्दा समेत सम्र्पकमा नआएको शेर्पाको भनाइ छ । लेखा अधिकृत नहँुदा धेरै समस्या भएको शेर्पाले गुनासो गर्नुभयो । असारमा सबै योजनाहरुको भुक्तानी गर्नुपर्ने भएपनि लेखा अधिकृत नहुँदा निकै समस्या भएको शेर्पाको भनाइ छ ।
लेखा अधिकृत नआएपछि त्रिपुरासुन्दरी गाउँपालिकाका लेखा अधिकृत रामप्रसाद आचार्य आएर आलोपालमा काम फुकाउने गरेको प्रमुुख शेर्पाले जानकारी दिनुभयो ।
सरकरी कर्मचारीहरुले तिन महिना प्रशुती बिदा पाउछन्,तिन महिनाको बिदा सकिएपनि बाह्रविसेकी लेखा अधिकृत पनि सम्र्पकमा नै नआएको शेर्पाको भनाई थियो । कोरोनाको माहामरीको बिचमा पनि लेखा अधिकृत नहुदा गाह्रो भएको नगरपालिकाले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्