तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा थप १० जनामा कोरोना पुष्टि

जुम्ला । जुम्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मङ्गलवार हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकामा गरिएको पिसिआर परीक्षणमा आज थप १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार सङ्क्रमित हुनेहरूमा हिमा गाउँपालिका दुई कर्मचारीसहित नौ जना र एक जना चन्दननाथ नगरपालिकाका स्थानीय रहेका छन् ।

जुम्लामा अघिल्ला १२ जना सङ्क्रमित मध्ये छ जनालाई मङ्गलवार डिस्चार्ज गरिएको छ भने छ जना पहिलाका र १० जना पछिल्ला गरी १६ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसनमा राखिएको सहायक प्रजिअ देवकोटाले जानकारी दिनुभयो ।

हिमा गाउँपालिकाका ८७ जनाबाट गरिएको स्वाब सङ्कलनमा नौ जनामा कोरोना पोजेटिभ देखिएको हिमाका प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढाले बताउनुभयो ।

त्यसै गरी हिमा गाउँपालिकाका विभिन्न वडाका नौ जनामा संक्रमण भेटिएपछि समुदाय स्तरमै कोरोना फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै पालिकाका चारै किल्ला पूर्ण रूपमा सिल गरिएको छ । हिमा गाउँपालिकाका चारै किल्लामा औषधी पसल बाहेक अन्य सबै गतिविधिमा रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button