हेटौँडामा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौँडामा गए राती मृत्यु भएका एक जना वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मृत्यु भएका हेटौँडा–१ का ६१ वर्षीय वृद्धमा मृत्युपछि आज बिहान हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
सोमबार स्वाब लिइएको भए पनि उनको परीक्षण भएको थिएन, तर मृत्युपछि उनको परीक्षण गरिएको थियो । मृतक वृद्धमा कसरी सङ्क्रमण भयो भन्ने विषयमा आवश्यक जानकारी लिन बाँकी नै रहेका जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभएको छ ।
मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु भएको घटना भने यो पहिलो घटना हो ।








प्रतिक्रिया राख्नुहोस्