राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

काठमाडौँ । राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले आज राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
राष्ट्रकवि स्वर्गीय घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाउनुभएको हो । १ सय १ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको हिजो साँझ निधन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्