सप्तरीमा ११ जनालाई कोरोना संक्रमण

सप्तरीे । सप्तरीमा मगलवार ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सवै हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् ।
गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा परिक्षण गरिएका ११५ जनाको रिपोर्ट सार्वजनिक हुँदा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । अन्य सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ का ४० वर्षीय पुरुष, वडा नं. ७ का ३१ वर्षीया महिला, वडा नं. ९ का १०, ३६, ५५ र ६५ वर्षीय पुरुष तथा २४, ३०, ३८ र ५० वर्षीया महिला कोरोना संक्रमित भएका छन् ।
यसैगरी, वडा नं. १० का ४७ वर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सप्तरीमा यो सँगै संक्रमितको संख्या ६८३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्