तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकको पिसिआर रिर्पोट नेगेटिभ

फाइल तस्बिर

इलाम । इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकको पिसिआर रिर्पोट नेगेटिभ आएको नगरपालिकाका कोभिड–१९ फोकल पर्सन विपुल अधिकारीले बताउनुभयो ।

सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा रहेका २२ वर्षीय युवाको गए राति मृत्यु भएको थियो । भारतको हैदराबादबाट गत साउन २६ गते नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनको गत साउन ३० गते स्वाब सङ्कलन गरी परीक्षणको लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो ।

गए राति स्वास्प्रस्वासमा समस्या आई बिरामी परेका उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेरिन्टनमा उपचार गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button