सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।आइतवार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य सोमवार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोवार भएको छ ।यस्तै सोमवार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्