तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा जनप्रतिनिधिसहित दुई जनामा कोरोना पुष्टि

तनहुँ । तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भानु नगरपालिकाको वडा नम्बर २ र ४ का ३० र ६१ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भानुमा २ जना नयाँ संक्रमिति थपिएका हुन् ।

शनिबार थपिएका संक्रमित भानु ४ का जनप्रतिनिधि र भानु २ आएका चितवनका एक निर्माण व्यवसायी रहेको भानु नगरपालिकाका जनस्वास्थ्य अधिकृत ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिनुभयो । ‘दुबै जना संक्रमित हाम्रो सम्पर्कमा छन् ।’ अधिकृत भट्टराईले भन्नुभयो ‘आइसोलेसन लैजाने तयारी हुँदैछ ।’

साउन २६ गते सोमबार भानु नगरपालिका–१ का एक ३४ वर्षीय स्थानीयलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

समुदायमा संक्रमित भेटिएपछि गत साउन २७ गते मंगलबार १ सय २२ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब नमुना संकलन गरिएको थियो ।

जनप्रतिनिधिसहित स्थानीय २२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सम्पर्कमा आएको सूची तयार पारेर कन्ट्याक्ट ट्रेसिङको तयारी गरिएको भानु नगरपालिकाका जनस्वास्थ्य अधिकृत ऐश्वर्य चन्द्र भट्टराईले बताउनुभयो । शुक्रबार मात्रै भानु नगरपालिकाका २० जना कोरोना पुष्टि भएको थियो ।

‘जनप्रतिनिधिलाई नै कोरोना देखियो ।’ भट्टराईले भन्नुभयो ‘अब झन् व्यापक कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने देखियो, हामि त्यसकै लागी काम गर्दैछौ ।’

कन्ट्याक्ट ट्रेसिङमा स्वाब संकलन गरिएका २२ जनाको रिपोर्ट पोजेटिभ

ठेक्कापट्टा गर्ने समुदायका व्यक्तिमा साउन २६ गते सोमबार कोरोना पुष्टि भएसंगै साउन २७ गते मंगलबार कन्ट्याक्ट ट्रेसिङका आधारमा १ सय २२ जनाको स्वाब संकलन गरिएको थियो ।

१ सय २२ जना मध्ये २२ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अन्य १०० जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।’
शनिबार २ जना संक्रमित थपिए संगै भानु नगरपालिकामा कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ ।

संक्रमितको संख्या २ सय १२ पुग्यो

तनहुँमा कोरोना संक्रमितको संख्या २ सय १२ जना पुगेको छ । यस्तै गरी निको हुनेको संख्या १ सय ८० जना रहेका छन् । जिल्लाका ३२ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

समुदायमा कोरोना संक्रमण हुन थालेसंगै कन्ट्रयाक्ट ट्रेसिङको काम अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो ।

जिल्लाको भानु, देवघाट लगाएतका स्थानीय तहमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button