तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको लिदी गाउँमा भीषण पहिरो : १३ घर पुरिए, पाँच घरपरिवार बेपत्ता

सिन्धुपाल्चोक । अविरल वर्षाको कारण जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ ।

लिदी गाउँका १३ घर पुरिएको र केही थप घरहरू जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

Image may contain: mountain, outdoor and nature

पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिनुभएको छ । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिनुभयो ।

Image may contain: mountain, outdoor and nature

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिनुभयो । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकोप्टरसहित उद्धारमा जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button