अछाममा आगलागी परी चार जना गम्भीर घाइते
अछाम । अछाममा आगलागी परी चार जना गम्भीर घाइते भएका छन् । बुधवार बेलुकी आफ्नै घरमा रहेको भट्टिमा पेट्रोल हालेर आगो बाल्ने क्रममा आगलागी भई चार जना गम्भीर घाइते भएको सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो ।
आगलागी परी रामारोशन गाउँपालिका वडा नम्बर ३ कालापानीका ३८ वर्षीय रतन बुढामगर, ३६ वर्षीया पार्वतीदेवी बुढामगर, २० वर्षका भिम बुढामगर र पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का २८ वर्षका जनक शाही घाइते भएका हुन् ।
प्रहरीका अनुसार ग्यालिनमा रहेको पेट्रोल हाली आगो बाल्न खोज्दा उक्त पेट्रोल रहेको ग्यालेनको पेट्रोल समेत पोखिएर आगलागी भएको हो ।
घाइतेको अवस्था गम्भीर भएको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक अवस्थीले बताउनुभएको छ ।
आगलागीबाट घरमा समेत क्षति भएको छ ।








प्रतिक्रिया राख्नुहोस्