मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर– मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा आइसोलेसन वार्डबाट सोमबार र मंगलबार लिइएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
कोरोना संक्रमित पुष्टि भएका ३७ जना मध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका भित्रका सर्वसाधारण रहेका छन् । कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ र हेटौंडा ४ का चार/चार जना, हेटौंडा–२, हेटौंडा–१० र हेटौंडा १३ का एक/एक जना गरी १८ जनामा कोरोना पुष्टि भएको चौलागाईले बताउनुभयो ।
त्यस्तै, आज पुष्टि भएका अन्य भीमफेदी गाउँपालिकाका–३ जना, थाहा नगरका–२ जना, बकैया गाउँपालिकाका–२ जना, चितवन घर भएका–१ जना, काठमाडौं घर भएका–१ र १० जना नेपाल प्रहरीका रहेको चौलागाईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्