तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा मृत भेटिएका पुरुषमा कोरोना संक्रमण पुष्टि


वीरगंज । वीरगन्जमा मृत अबस्थामा भेटिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर ५ कुम्हाल टोलमा मृत फेला परेका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाही निवासी ३८ वर्षीय प्रमोद ठाकुरमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताउनुभयो ।

हिजो दिउँसो करिब साढे तीन बजे तिर वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा सामुदायिक प्रहरी कार्यालय नजिकै कुम्हाल टोल जाने बाटोमा मृत फेला परेका ठाकुरको पिसिआर परिक्षणको रिपोट पोजेटिभ आएको कुवँरले जानकारी दिनुभयो ।

अत्याधिक मदिरा सेवन गरेर लडिरहेको अवस्थामा ठाकुर मृत फेला परेको प्रहरी नायव उपरिक्षक कुवँरले बताउनुभयो । मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा अस्पतालले मृतकको पिसिआर परिक्षणका लागी हिजै स्वाब लिएको र आज मृतकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button